काठमाडौं । अमेरिका कप्तान मोनांक पटेलले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालविरुद्ध गुमाउने भएका छन् । जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
अमेरिका नियमित कप्तान मोनांक पटेल बिरामीको कारण आजको खेल गुमाउने भएका छन् । त्यसैको कारण अमेरिकाको कप्तानी आरोन जोन्सले गर्ने छन् । मोनांकको स्थानमा अमेरिकाले स्पिन अलराउन्डर निसर्ग पटेललाई मैदान उतारेको छ ।
मोनांक नहुँदा अमेरिका ब्याटिङ भने केहि कमजोर हुनसक्छ । कप्तान मोनांक पटेलले नेपालविरुद्ध राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले नेपालविरुद्ध ४, ४, १००, ३८, ८५ र ४ रनमा आउट भएका छन् ।उनले ४४ ओडिआई खेलमा २ मा शतक र ९ मा अर्धशतकसहित १३ सय ७६ रन बनाएका छन् । उनले लिग २ मा उनले २ शतक र ८ अर्धशतकसहित १२ सय १९ रन बनाएका थिए । उनी नहुँदा शीर्षक्रममा असर पर्ने देखिन्छ ।
यता नेपालले टोलीमा एक परिवर्तन गरेको छ । घाइते सोमपाल कामीको स्थानमा बायाँ हाते स्पिनर ललितनारायण राजवंशी टोलीमा फर्किएका छन् । आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपाल अमेरिकासँगको खेलमा फिट नभएका हुन् ।
३४ औं ओभरको तेस्रो बलमा जिम्बावेका ब्याटर सन विलियम्सले प्रहार गरेको शट रोक्नेक्रममा उनको दायाँ हातको बुढी औंलामा लाग्न पुगेको थियो । सोमपाले समूह चरणका सबै खेल गुमाउन सक्ने रोहितले बताएका छन् । नेपाल पहिलो खेलमा जिम्बावेसाँग ८ र अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपाल र अमेरिका दुबैले टेस्ट टोलीविरुद्ध सानदार प्रदर्शन गरेको हुँदा उच्च मनोबलका साथ मैदान उत्रर्नछन् ।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।
अमेरिकाको प्लेइङ ११
आरोन जोन्स (कप्तान), शयान जहाजिंगर, केंजिगे, सुशान्त मोदानी, साईतेजा मुकामल्ला, सौरभ नेत्रवालकर, निसर्ग पटेल, कायल फिलिप, गजानन्द सिंह, जेसी सिंह र स्टिभ टेलर ।
प्रतिक्रिया