ताजा अपडेट »

गुल्मीमा गणित र विज्ञान विषयमा नतिजा सुधार कार्यक्रम

आइतबार, ०५ माघ २०७६, १७ : ४०
18 Shares
आइतबार, ०५ माघ २०७६
18 Shares

माघ ५,

ग्लोबल आवाज

गुल्मी । प्रदेश ५ सरकारले विज्ञान र गणित विषयमा एसइइको नजिता कमजोर भएको भन्दै सुधारका कक्षा सञ्चालन गरेको छ । गुल्मीमा पनि गणित र विज्ञान विषयमा नतिजा सुधार कार्यक्रम अन्र्तगत जिल्लाको सदरमुकाम तम्घासमा शिक्षकहरुसँग कार्यक्रम गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पाको आयोजनामा जिल्ला भर रहेको विभिन्न विद्यालयका गणित र विज्ञान विषयमा शिक्षहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।

जिल्लाको मालिका गाउँपालिकाको सिमलटारी, जिल्ला सदरमुकाम तम्घास र चन्द्रकोट गाउँपालिकाको मजुवामा गणित र विज्ञान विषयका शिक्षकहरुसँग कार्यक्रम भएको हो । कक्षा १० को एसइइ परिक्षामा सुधार ल्याउन प्रदेश ५ सरकार अन्र्तगत सामाजिक बिकास मन्त्रालयले गणित र विज्ञान विषयमा शिक्षकहरुको सहभागितामा कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पाका कार्यालय प्रमुख लक्ष्मणप्रसाद ज्ञवालीले कक्षा दशको गणित र विज्ञान विषयमा नतिजालाई पनि सुधार ल्याउने उदेश्यले कार्यक्रम गरिदै आएको बताए । उनले छोटो समय भए पनि जिम्मेवार भएर लाग्नु पर्ने बताए । जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले यो कार्यक्रम प्रदेश ५ मै पहिलो भएकोले यसको सफलताको लागि सबै पक्ष मिलेर अगाडी बढनु पर्ने बताए । कार्यक्रममा सहभागिहरुले सम्पूर्ण शिक्षकहरुले आफुलाई दोष नआउने तरिकाले लाग्नु पर्नेमा जोड दिएका थिए । प्रदेश सरकारले सुरु गरेको यो कार्यक्रम अन्र्तगत दिनको डेढ घण्टा प्रति विषय ५२ दिन कक्षा संचालन हुने छ ।

जिल्लाको १२ वटा स्थानीय तहका विभिन्न विद्यालयहरुमा यो कार्यक्रम सुरु भएको छ । समग्र प्रदेश ५ भर ७ सय ४२ विद्यालयहरुमा विज्ञान र ८ सय ८८ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैँछन् । गुल्मी जिल्ला भर भने ५६ विद्यालयहरुमा विज्ञान र ८४ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैँछन् । प्रति विषयमा २० देखि ४९ जना सम्म विद्यार्थी भएका विद्यालयमा प्रति विषय रु २० हजार रुपैयाँ रकम सरकारबाट सहयोग हुने छ । ५० देखि ९९ जना सम्म विद्यार्थी भएका विद्यालयमा प्रति विषय रु २८ हजार रुपैयाँ, १०० देखि १९९ जना सम्म विद्यार्थी भएका विद्यालयमा प्रति विषय रु ३८ हजार रुपैयाँ रकम सरकारबाट सहयोग हुने छ । २०० जना देखि माथि विद्यार्थी भएका विद्यालयमा प्रति विषय रु ५४ हजार रुपैयाका दरले रकम सरकारबाट सहयोग हुने छ । यस कार्यक्रममा २० भन्दा बढी कक्षा १० मा विद्यार्थी सङ्ख्या भएका २०७६ सालको इमिस डाटा अपडेट गरेका र एसईई परीक्षा २०७५ मा नतिजा कमजोर भएका विद्यालयहरु छानिएका छन् ।

जिल्लाको १२ वटा स्थानीय तह मध्ये रेसुङ्गा नगरपालिका भर ४ विद्यालयहरुमा विज्ञान र ५ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । मुसिकोट नगरपालिका भर ८ विद्यालयहरुमा विज्ञान र ११ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् ।छत्रकोट गाउँपालिका भर ५ विद्यालयहरुमा विज्ञान र ८ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । धुर्कोट गाउँपालिकाभर ६ विद्यालयहरुमा विज्ञान र १० विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । गुल्मीदरबार गाउँपालिका भर ६ विद्यालयहरुमा विज्ञान र ८ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । इस्मा गाउँपालिका भर ३ विद्यालयहरुमा विज्ञान र ४ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदँैछन् । कालीगण्डकी गाउँपालिका भर ४ विद्यालयहरुमा विज्ञान र ६ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । मदाने गाउँपालिका भर ३ विद्यालयहरुमा विज्ञान र ७ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् ।

यस्तै जिल्लाको मालिका गाउँपालिकाभर ६ विद्यालयहरुमा विज्ञान र ७ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । रूरू गाउँपालिकाभर ४ विद्यालयहरुमा विज्ञान र ७ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदँैछन् । सत्यवती गाउँपालिका भर ५ विद्यालयहरुमा विज्ञान र ७ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदँैछन् । चन्द्रकोट गाउँपालिका भर २ विद्यालयहरुमा विज्ञान र ४ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैँछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।