ताजा अपडेट »

आइसिसी क्रिकेट विश्वकप छनोट : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

मंगलबार, ०५ असार २०८०, ०८ : १०
20 Shares
मंगलबार, ०५ असार २०८०
20 Shares

काठमाडौं । आज नेपाल र अमेरिका बिचमा प्रतिस्पर्धा हुदैँछ ।आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।  

घरेलु टोली जिम्बाबेसँग पराजित भए पछि नेपालले दोस्रो खेल अमेरिकासँग खेल्न लागेको हो । सो खेलका जिम्बाबेको राजधानी  हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्ह १२ः४५ बाट सुरु हुनेछ ।  

प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित दर्ज गर्ने उदेश्यसहित मैदानमा उत्रदैँछ । उत्कृष्ट लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा हार ब्योहोरेको नेपालले दोस्रो खेल भने जित्नै पर्ने दबाबमा देखिनेछ । 

पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएकाे अमेरिका पनि पहिलो जित निकाल्नका लागि नेपालसँग प्रतिस्पर्धा गर्दैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।