ताजा अपडेट »

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालअघिबाट लागुऔषधसहित एक युवा पक्राउ

सोमबार, ०४ असार २०८०, १५ : ३७
60 Shares
सोमबार, ०४ असार २०८०
60 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगनगर–६, लुम्बिनी प्रादेशिक अस्पताल अघिबाट लागुऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउसो शंकास्पद अवस्थामा देखेपछि प्रहरीले खानतलासी गर्ने क्रममा लागुऔषधसहित युवालाई फेरा पारेको हो ।

पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका–४ घर भई कास्की जिल्ला पोखरा महानगरपालिका–६ बस्ने ३६ वर्षीय प्रबिन थापा रहेका छन् । थापाको साथबाट प्रहरीले फेनरागन २ एमएलको ४८ एप्पुल (सिसि), नुफिन २ एमएलको ४८ एप्पुल (सिसि) र डाइजेपाम २ एमएलको ४८ एप्पुल (सिसि) बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । ओसारपसारमा संलग्न ती युवालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।