बुटवल । आसिसी एक दिवसीय विश्वक छनोट प्रतियोगिता अनुसार जिम्बावे विरुद्धको खेलमा नेपालले २ महत्वपूणै विकेट गुमाएको छ । ओपनद्वय कुशल भुर्तेल र आसिफ सेख पेभेलियन फर्किएका हुन् । नेपालका ओपनर कुशल भुर्तेल आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध ९९ रनमा आउट भएका छन् । भुर्तेल स्पिनर वेलिंग्टन मसाकाद्जाको ३२ औं ओभरको पाँचौं बलमा बोल्ड आउट हुन पुगे ।
उनी योर्कर बलमा बोल्ड भएपछि करिअरको दोस्रो शतक पूरा गर्न मात्रै एक रनले चुके । कुशल ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रनमा आउट भए । आसिफ शेख १०० बलमा ७ चौकासहित ६६ रन जोडेर पेभेलियन फर्किए । भुर्तेलको ठाउँमा कुशल मल्ल आएका छन् भने आसिफको ठाउँमा क्याप्टेन रोहित पौडेल आएका छन् । यो समाचार तयार पार्दासम्म नेपालले ३५ दशमलव ३ ओभर खेल्दै १८६ रन जोडेको छ ।
प्रतिक्रिया