ताजा अपडेट »

आइसिसी एकदिवसीय विश्वकप छनोटः नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने

आइतबार, ०३ असार २०८०, १२ : ३६
12 Shares
आइतबार, ०३ असार २०८०
12 Shares

काठमाडौं ।नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । हरारे स्पोर्ट्स क्लबमा जिम्बावेका कप्तान क्रेग इर्विनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले ब्याटिङलाई ध्यानमा राख्दै जिम्बावेविरुद्ध प्लेइङ ११ मैदान उतारेको छ । नेपालले अघिल्लो महिना एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध टोलीबाट ललित नारायण राजवंशीको स्थानमा दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किएका छन् ।जिम्बावे तीव्र गतिका बलरलाई सहयोगी बढी मानिन्छ । नेपालसँग स्पिनर सन्दीप लामिछानेसँगै कुशल मल्ल र दीपेन्द्र राम्रो स्पिन विकल्प हुनेछन् ।

दीपेन्द्रले २०१७ मा नेपाली टोलीमा डेब्यू गरेपछि पहिलो पटक लयका कारण प्लेइङ ११ बाहिर हुनु परेको थियो । दीपेन्द्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रका अब्बल खेलाडी हुन् । उनले यी तीन मध्य कुनैपनि क्षेत्रबाट टोलीलाई जिताउन सक्छन् ।

जिम्बावेको पिचमा नेपालले दुई प्रमुख स्पिनर नखेलाउने निर्णय लिएको हो । त्यसैले ललितको ठाउँमा दीपेन्द्रलाई मौका दिएको हो । जसले गर्दा नेपालको ब्याटिङ९११ नम्बरसम्म भएको छ । ललितलाई नेपालले घरेलु मैदान टियुमा मात्रै प्रयोग गरेको थियो । युएईमा भने ललितलाई नेपालले बेन्चमै राखेको थियो । नेपालको १ देखी ११ नम्बर सम्मका सन्दीप लामिछाने सबैले राम्रो ब्याटिङ गर्दछन् ।

नेपालको प्लेइङ

आसिफ शेख विकेटकिपर, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।