ताजा अपडेट »

शेखर कोइराला भन्छन, ‘मैले ज्ञानेन्द्र शाहलाई कहिल्यै पुर्वराजा भनेको छैन्’

शनिबार, ०२ असार २०८०, १२ : २२
22 Shares
शनिबार, ०२ असार २०८०
22 Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले ज्ञानेन्द्र शाहलाई कहिल्यै पुर्व राजा नभनेको बताएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रसँग भेटवार्ताको क्रममा कोइरालाले सो जानकारी दिइका हुन् । उनले दिएको जानकारी मिश्रले सामाजिक सञ्जालवाट साझा गरेका छन । 

‘कांग्रेस नेता डा शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो– ‘म राजाुलाई कहिल्यै ‘पूर्व राजा’ भन्दिन नि। मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको ुगणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्रु जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन् – ती हुन् ‘राजा ।’

उनले अझ अगाडी लेखेका छन, ‘मैले सोधेँ, तपाईको यो भनाइ म उद्दरण गर्न सक्छु, उहाँले भन्नुभयो– किन नसक्नु ? मैले सार्वजनिक रूप मै भनेको कुरा हो यो।’ 

आफनो पुस्तक हस्तान्तरण गरेको तस्विरसमेत सार्वजनिक गर्दै मिश्रले उनको कोइरालाको धारणा बाहिर ल्याएका हुन । 

'विचार भन्दा माथि देश, माहोल परिवर्तन हुँदैछ भनेर बुझ्दा कसो होला?' त्यसपछि उनले भने । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।