ताजा अपडेट »

नक्कली भुटानी शरणार्थी प्रकरण : सकियो थुनछेक बहस

शुक्रबार, ०१ असार २०८०, १४ : ०६
54 Shares
शुक्रबार, ०१ असार २०८०
54 Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दाको थुनछेक बहस सकिएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो । बिहीबारसम्म  १८ जना प्रतिवादीतर्फबाट बहस भएको थियो भने शुक्रबार पाँचजना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको थियो । 

थुनछेक बहस सकिएकाले शुक्रबार नै थुनछेक आदेशको आउने अपेक्षा गरिएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।