बुटवल । बुटवलमा विद्युत सेवा अनियमितताप्रति राष्ट्रिय युवासंघ रुपन्देहीले शुक्रबार विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । राष्ट्रिय युवा संघ रुपन्देहीका ईन्चार्ज नहकुल शाही तथा रुपन्देही अध्यक्ष बिकास जँग बस्नेतको नेतृत्वमा गएको टोलीले बुटवल विद्युत वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
सो अवसरमा बोल्दै युवा नेता शाहीले पछिल्लो समय बढेको चरम गर्मी र विद्युतमा देखिएको व्यापक अनियमितताले जनजीवन प्रभावित भएको उल्लेख गरे । विद्युत नियमित नहुँदा उद्योग कलकारखानाहरु सञ्चालन आउन नसक्दा मुलुकले आर्थिक रुपमा समेत ठूलो क्षति व्यहोर्न परेको उनले बताए । यसैगरी युवा संघ रुपन्दही अधयक्ष बस्नेतले ध्यानाकर्षण पत्र बुझाउँदै अबको एक हप्तामा पनि समस्या समाधान नभएथप का र चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिए ।
ध्यानाकर्षण पत्र बुझ्दै बुटवल विद्युत वितरण केन्द्रका प्रमुख पाण्डेले राष्ट्रिय स्तरमै समस्या देखिएको बताए । पछिल्लो २/३ दिनदेखि समस्या अत्याधिक बढेको उनले स्वीकार गर्दै उनले राष्ट्रिय ग्रिमै लो भोल्टेज तथा सिस्टम डाउन हुँदा समस्या भएको उल्लेख गरे । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य केशब रोक्का तथा मनोज गौच, रुपन्देही उपाध्यक्ष दिपक खड्गी लगायतको उपस्थिमा ज्ञापनपत्र बुझाइएको थियो । पछिल्लो केही दिनयता बुटवलमा बारम्बार विद्युत ट्रिपीङ हुन थालेपछि चौतर्फी आलोचना हुन थालेको छ ।
प्रतिक्रिया