ताजा अपडेट »

मुख्यसचिवमा डा. बैकुण्ठ अर्याल नियुक्त

विहीबार, ३२ जेठ २०८०, १० : ४९
74 Shares
विहीबार, ३२ जेठ २०८०
74 Shares

काठमाडौँ । सरकारले मुख्यसचिव परिवर्तन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गर्दै वरिष्ठताका आधारमा डा. बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

आगामी असोजमा कार्यकाल सकिन लागेका वैरागीले कार्यकाल सकिनुअघि नै राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत गरेर सरकारले वैरागीलाई नयाँ जिम्मेवारी प्रदान गरेको छ । उनलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरिएको साउदले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।