ताजा अपडेट »

संसदीय सुनवाई समितिमा पुगे कार्यबहाक प्रधान न्यायधिस कार्की, सुनवाई सुरु

विहीबार, ३२ जेठ २०८०, ०९ : ०९
8 Shares
विहीबार, ३२ जेठ २०८०
8 Shares

काठमाडौं । संसदीय सुनवाई समितिमा कार्यबहाक प्रधानन्यायधिस हरिकृष्ण कार्की पुगेका छन् । सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाए पछि उनी सिंहदरबारमा पुगेका हुन । उनी पुगेलगत्तै सुनवाई सुरु भएको छ । 

लामो समय देखी कार्यबहाक प्रधानन्यायधिसको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायधिसमा सिफारिस गरिएको थियो । संवैधानिक परिषदले भावी प्रधानन्यायधिसमा सिफारिसमा परेका कार्कीलाई उनी बिरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ । उनी बिरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।