ताजा अपडेट »

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको भोलि संसदीय सुनुवाइ

बुधबार, ३१ जेठ २०८०, १७ : १४
14 Shares
बुधबार, ३१ जेठ २०८०
14 Shares

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको बिहीबार अन्तिम संसदीय सुनुवाइ हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति बैठकले बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो । 

बुधबार उजुरीकर्ताहरुसँग छलफल गरेको समितिले बिहीबार कार्कीलाई बोलाउने निर्णय गरेको हो । बिहीबार कार्कीलाई आफूमाथि लागेको आरोपबारे प्रष्टीकरण गर्न र आफ्नो कार्ययोजना प्रस्तुत गर्न दिइनेछ । 

संसदीय समितिले सुनुवाइपछि नाम अनुमोदन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जसअनुुसार बिहीबार समितिले उनको नाम अनुमोदन गरेमा प्रधानन्यायाधीश हुने बाटो खुला हुनेछ । आगामी साउन २० गतेबाट कार्कीले अनिवार्य अवकाश पाउँदैछन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।