ताजा अपडेट »

राष्ट्रिय बिमा कम्पनीको साधारणसभा आज

बुधबार, ३१ जेठ २०८०, १० : ४२
20 Shares
बुधबार, ३१ जेठ २०८०
20 Shares

काठमाडौ । राष्ट्रिय बिमा कम्पनीको वार्षिक साधारणसभा बुधबार बस्दैछ । सभा अमृतभोग क्याटर्स प्रालिमा बिहान ११ बजे सुरु हुनेछ ।  साधारणसभामा साविकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८/६९, २०६९/७० र २०७०/७१ र निर्जीवन बिमा विभागको आर्थिक वर्ष २०७०/७१, २०७१/७२ र २०७२/७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ । 

यस पटक पनि कम्पनीले लाभांश वितरण भने नगर्ने भएको छ । तसर्थ, लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा यी आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरुको वासलात तथा नाफा नोक्सानसम्बन्धी प्रस्तावहरु पनि पे; गरिँदै छ । 

यस्तै, सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।