ताजा अपडेट »

खुकुरी प्रहार गरी भाइले गरे दाइको हत्या

मंगलबार, ३० जेठ २०८०, १४ : १०
106 Shares
मंगलबार, ३० जेठ २०८०
106 Shares

काठमाडौँ। काठमाडौँको ओमबहालमा खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन्। काठमाडौँ महानगरपालिका २३ ओमबहालमा गए राती भाइले दाइको हत्या गरेका हुन् ।प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका अनुसार घटना गत राती १२ बजेतिरको हो यद्यपि प्रहरीलाई भने बिहान ८ः३० बजे मात्रै खबर आएको थियो। दाइ र भाइबीच झगडा भएपछि भाइले धारिलो हतियारले प्रहार गरी दाइको हत्या गरेको पाइएको छ ।

डीएसपी रिजालका अनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर २३ का २५ वर्षीय सुरज शाक्यले आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेका हुन्। मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेका थिए ।

धारिलो प्रहार प्रयोग गरे लगत्तै भाइले दाइको कोठाको बत्ती निभाएर माथिल्लो तलामा गएर सुतेका थिए। घटनाबारे परिवारका सदस्यहरूलाई राती नै थाहा भएको भएपनि प्रहरीलाई भने बिहान मात्रै जानकारी आएको हो । हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।