ताजा अपडेट »

महिनावारी भएको बेला घरको बाटो हिंडेको भन्दै महिलामाथि कुटपिट

आइतबार, ०५ माघ २०७६, ०७ : ४९
24 Shares
आइतबार, ०५ माघ २०७६
24 Shares

माघ ५,

धनगढी । छाउ (महिनावारी) भएको बेला घरको बाटो हिंडेको भन्दै कञ्चनपुर जिल्लामा दुई महिलामाथि कुटपिट भएको छ । जिल्लाको बेल्डाँडी गाउँपालिका १ की ३१ वर्षीया ईश्वरी खड्का र ३६ वर्षीया गीता खड्कामाथि कुटपिट भएको हो । महिनावारी भएको समयमा घर नजिकको बाटो भएर हिंडेको भन्दै स्थानीय दलबहादुर शाहले शुक्रबार कुटपिट गरेको पीडित महिलाका आफन्तले बताएका छन् ।

कुटपिटबाट घाइते महिलाहरुको बेल्डाँडी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न दलबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । –राजधानी दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।