ताजा अपडेट »

बलात्कार आरोपमा उच्च अदालत वीरगन्जका अधिकृत पक्राउ

शनिबार, २७ जेठ २०८०, २२ : ४४
28 Shares
शनिबार, २७ जेठ २०८०
28 Shares

काठमाडौं । उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । २२ वर्षीया किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

राति किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको प्रहरीको भनाइ छ । प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।