ताजा अपडेट »

बुटवलमा ग्रेस ईन्टरनेशनलले मोटिभेसनल सेमिनार अयोजना गर्दै

शनिबार, २७ जेठ २०८०, १८ : ५३
14 Shares
शनिबार, २७ जेठ २०८०
14 Shares

बुटवल । ग्रेस ईन्टरनेशनल बुटवलले मोटिभेसनल सेमिनारको तयारी पूरा गरेको छ । कार्यक्रमबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मोटिभेसनल सेमिनारको तयारी पूरा भएको जानकारी दिइएको छ । यही जेठ ३० गते बिहान ९ बजेबाट सिद्धार्थ कटेज बुटवलमा कार्यक्रम हुने ग्रेस बुटवलका निर्देशक ईश्वर भट्टराईले जानकारी दिए।

उनले बिगत लामो समय देखी बिदेश अध्ययनमा जान चाहने बिद्यार्थिहरुलाई सहजिकरण गर्दै आएको संस्थाले यसलाई बिद्यार्थीहरुको करिअर र शैक्षिक स्तर सुधार्न सहयोग गर्नेगरी शैक्षिक यात्राको आयोजना गरेको जानकारी दिए । ग्रेस ईन्टरनेशनलले बिदेश अध्ययनमा जान चाहने बिद्यार्थिहरुलाई बिगत लामो समय देखी सहजिकरण गर्दै आएको छ। करिअर,बिदेश अध्ययनमा जाँदा बिचार पुर्याउनु पर्ने कुरा, अध्ययनपछि नेपालमा अवसरको सम्भावना, भविस्यको योजना बनाउने तरिका लगायतका बिषयमा सेमिनार हुने भएको हो।

कार्यक्रममा बैंकर अनिल केशरी क्षेत्री ,एन्ड्र पौडेल, सौरभ लोहनी ,राधाकृष्ण धिताल, विकास गुरुङ, दिलिपकुमार राजवंशी , सुरक्षा पन्त , रिमा विश्वकर्मा र कैलाश कार्कीले प्रस्तुती दिनेछन् । ग्रेसको कार्यक्रममा बिद्यार्थीहरुलाई निशुल्क प्रवेशको ब्यवस्थापन गरेको बताउदै ७ सय जनालाइ सहभागी गराईने भट्टराईले बताए ।

अहिले बिदेश अध्ययनमा बिद्यार्थिहरुको आकर्षण अत्यधिक रहेको भन्दै उनले तर बिद्यार्थिहरुमा अन्यौलता रहँदा समस्यामा पर्न सक्ने भन्दै बिदेश अध्ययनको लागि गर्नुपर्ने तयारीहरु, अध्ययन पछिका अवसरका सम्भावनाहरु लगायतको बिषयमा बिद्यार्थिहरुलाई जानकारी गराउन पनि शैक्षिक यात्रा आयोजना गरिएको बताए । कार्यक्रमको मिडिया पार्टनरमा नागरिक अनलाइन रहेको छ । यसअघि बिर्तामोड, दमक, बिराटनगर, पोखरा, चितवन र बाग्लुङमा भईसकेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।