गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा डेरा गरि विभिन्न स्थानमा घरभवन बनाउने पुर्कोटदहका रामु बिक काम गर्ने स्थानबाटै गत ५ दिन देखि बेपत्ता भएका छ्न् ।
मुसिकोट नगरपालिका–५ आपचौर स्थित कफि बिकास केन्द्रको भवन निर्माणको ठेक्का लिएर उतै बसेका उनी गत आइतबारदेखि सम्पर्कविहिन भएको उनकी श्रीमति कमला सेन बिकले बताइन् । ३४ वर्षिय बिकको फोन लोकेशन बुटवल तर्फ भेटिएको परिवारजनको भनाइ छ ।
अघिल्लो दिन साँझ सम्म श्रीमतिको सम्पर्कमा हुँदा उनी आर्थिक तनावमा परे जस्तो कुरा व्यक्त गरेको श्रीमति कमलाले बताइन् । श्रीमतिले प्रहरीमा खोजतलासका लागि निबेदन दिएकी छिन्।
प्रतिक्रिया