ताजा अपडेट »

कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो

शुक्रबार, २६ जेठ २०८०, १२ : ००
4 Shares
शुक्रबार, २६ जेठ २०८०
4 Shares

काठमाडौ। कुमारी बैंकले आज (जेठ २६ गते) देखि १ लाख ४६ हजार २८३ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ ३२ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।