ताजा अपडेट »

यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर

विहीबार, २५ जेठ २०८०, ११ : ३८
14 Shares
विहीबार, २५ जेठ २०८०
14 Shares

काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

बिहीबार डलरको खरिद दर १३१ रूपैयाँ ७८ पैसा र बिक्री दर १३२ रूपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ १८ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसा रहेको छ। बुधबार डलरको खरिद दर १३१ रूपैयाँ ८८ पैसा र बिक्री दर १३२ रूपैयाँ ४८ पैसा रहेको थियो । युरो एकको खरिद दर १४१ रूपैयाँ ०५ पैसा र बिक्री दर १४१ रूपैयाँ ६९ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ११ पैसा र बिक्री दर १६४ रूपैयाँ ८५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १५  पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९१ पैसा रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसा तोकिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।