ताजा अपडेट »

बालेन शाहलाई विश्व महानगर सम्मेलनमा भाग लिन ब्रसेल्स जान सरकारको स्वीकृति

बुधबार, २४ जेठ २०८०, ११ : ४०
16 Shares
बुधबार, २४ जेठ २०८०
16 Shares

काठमाडौं । केन्द्रीय सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन शाह)लाई विश्व महानगर सम्मेलनमा भाग लिन ब्रसेल्स जान स्वीकृति दिएको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगर प्रमुख शाहको बेल्जियमको भ्रमण स्वीकृति दिने निर्णय गरेको हो । यो निर्णयसँगै जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन शाह बेल्जियम जाने बाटो खुलेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।