ताजा अपडेट »

माओवादीको निर्णय : कोशी प्रदेश सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने

मंगलबार, २३ जेठ २०८०, १३ : ५०
8 Shares
मंगलबार, २३ जेठ २०८०
8 Shares

विराटनगर, २३ जेठ । माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

विराटनगरमा मंगलबार बसेको पार्टीका प्रदेश पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । 

बैठकले कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरुलाई मंगलबार राजीनामा दिन निर्देशन दिँदै फिर्ता बोलाइएको छ । 

कोशी प्रदेश सरकारमा माओवादीबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।