ताजा अपडेट »

सरकारी वकिल पक्षको बहस आज सकिने

मंगलबार, २३ जेठ २०८०, १२ : २४
24 Shares
मंगलबार, २३ जेठ २०८०
24 Shares

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्ध सरकारी वकिल पक्षको बहस आज सकिँदैछ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायधिवक्ता अच्यूतमणी न्याैपाने नृत्वमा पक्राउ अभियुक्तविरुद्ध सात सरकारी वकिल बहसमा उत्रिएका छन्।

उनीहरुविरुद्ध सरकारी वकिल पक्षको बहस आइतबारदेखि जिल्ला अदालत काठमाडौँमा जारी छ। बहसमा महेश खत्री, जनक घिमिरे, दिनेश भट्टराई, शुरबहादुर परियार, निर्मला मरासिनि र प्रकाश घिमिरे सहभागि छन्।जिल्ला अदालत काठमाडौँका अनुसार सरकारी वकिल पक्षको बहस सकिन साथ प्रतिवादीको पक्षबाट बहस सुरु हुनेछ। बहस अदालतका न्यायधिश प्रेमप्रसाद न्यौपानेको इजलासमा चलिरहेको छ। आगमी ३१ जेठसम्म बहस सकेर अदालतले अभियुक्तलाई पूर्पक्षकालागि जेल पठाउने वा धरौटीमा रिहा गर्ने निर्णय लिनेछ।

प्रतिवादी कुनै हालतमा धरौटी राखेर हिरासत मुक्त हुने पक्षमा छन्। त्यसो हुँदा उनीहरुले बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्ता नियुक्त गरेका छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाणले बहसका निम्ति पूर्वमहान्यायधिवक्ता खम्मबहादुर खाती, नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष शेरबहादुर केसी र गोपालकृष्ण घिमिरेसहित अधिवक्ताको १८ टोली नियुक्त गरेका छन्। 

त्यस्तै, पूर्वउपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले थुनछेक बहसमा ‘हाइप्रोफाइल’ अधिवक्तालाई बहसमा उतारेका छन्। अदालतमा पेश विवरण अनुसार उनको पक्षबाट बहसको नेतृत्व बरिष्ठ अधिवक्ता सुशील पन्तले गरेका छन्। 

टोलीमा पूर्वमहान्यायधिवक्ता रमेश बडाल पनि सहभागि छन्। त्यसबाहेक धर्मराज रेग्मी,पर्शुराम कोइराला,करुणाकर मल्लिक, आकृति रायमाझीलगायत आठ अधिवक्ताले उनको पक्षमा बहस गर्दैछन्। 

पूर्व गृहसचिव टेकनारायण पाण्डेले पनि बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्तलाई नै नियुक्त गरेका छन्। उनको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दैछन्। टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन्। रेग्मी नेपाल प्रहरीका पूर्वएसएसपी हुन्। 

घटनामा १८ अभियुक्त पक्राउ परेका छन्। १२ फरार छन्। उनीहरु विरुद्ध लिखत किर्ते,राज्यविरुद्धको कसूर, संगठित र ठगि कसूर अन्तर्गत मुद्दा चलाइएको छ। उनीहरुविरुद्ध नक्कली शरणार्थीका नाममा ठगि भएको भन्दै एक सय १५ पीडितले उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। मुद्दामा २८ करोड ८४ लाख रुपैयाँ ठगि भएको भन्दै बिगो दाबी भएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।