ताजा अपडेट »

नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री

सोमबार, २२ जेठ २०८०, १३ : १९
14 Shares
सोमबार, २२ जेठ २०८०
14 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै प्रमाणीकरण भएको नागरिकता विधेयकमा समेटिएका प्रावधानका विषयमा मतभेद नरहेको बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले हालका प्रमुख प्रतिपक्षी दलका नेता प्रधानमन्त्री हुँदा जारी अध्यादेशमा समेटिएकै विषयलाई हुबहु नै अहिले प्रमाणीकरण भएको विधेयकमा समेटिएको बताए । नागरिकताविहीन नेपाली नागरिकलाई नागरिकता दिने उद्देश्यअनुरुप नै विधेयक ल्याइएको जानकारी दिँदै उनले नागरिकता विधेयक प्रमाणीकरण विषय अदालतमा प्रवेश गरिसकेकाले संसदमा विवाद गर्नु आवश्यक नरहेको बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।