ताजा अपडेट »

रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा

सोमबार, २२ जेठ २०८०, ११ : ३४
30 Shares
सोमबार, २२ जेठ २०८०
30 Shares

बुटवल । नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीका सचिव नारायणप्रसाद भण्डारीसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा नगर कमिटीका सदस्य, अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ नेपाल, स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष, सदस्यलगायत रहेका छन् ।

सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरूले आफूहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । जनताको चाहनाअनुसार पार्टीले सुधार गर्न नसक्ने, कार्यकर्ताको मनोभावना बुझ्न नसक्ने, युवा, लोकप्रिय, इतिहास बोकेकोलाई अहिलेसम्म पछाडी पारिएका, टिकट वितरणमा अन्यायमा पारिएका तमाम कार्यकर्ता र आम जनसमुदायको विकास र समृद्धिप्रतिको तीव्र चाहनालाई समेट्न नसक्ने, पार्टीका उच्च नेता नै भ्रष्टाचारमा मुछिएको, अन्यायमा परेका कार्यकर्तालाई सधै अन्यायमा पारिएकाले आजैकै मितिदेखि सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको नारायणप्रसाद भण्डारीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।