ताजा अपडेट »

एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल

शुक्रबार, १९ जेठ २०८०, १९ : ५७
18 Shares
शुक्रबार, १९ जेठ २०८०
18 Shares

काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेताहरुको जिम्मेवारी हेरेफेर गरेको छ । एमालेले उपाध्यक्षहरुलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । 

केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले बागमती प्रदेशबाहेक अन्य ६ प्रदेशको इन्चार्ज तोकेको हो ।

बैठकले कोशी प्रदेशमा रघुबीर महासेठ, मधेशमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्ज तोकेको छ ।  प्रदेश इन्चार्ज तोक्दा सोही भूगोलभन्दा बाहिरका नेताहरुलाई पठाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।