ताजा अपडेट »

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित ३ जनाको बयान आज

शुक्रबार, १९ जेठ २०८०, ०५ : ३०
18 Shares
शुक्रबार, १९ जेठ २०८०
18 Shares

बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३ जनाको बयान आज शुक्रबा लिइने भएको छ । जिल्ला अदालत काठमाडौंमा खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीवार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान आज लिइने भएको हो ।

विहिबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान आज सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको हो । योसँगै १८ जनामध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १५ जनाको बयान सकिएको छ । नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि थालिएको हो ।
यस प्रकरणमा १२ अझै फरार रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।