ताजा अपडेट »

अत्याधिक गर्मीका कारण रुपन्देहीको सियारीमा विद्यालय विदा

बुधबार, १७ जेठ २०८०, २२ : ३४
62 Shares
बुधबार, १७ जेठ २०८०
62 Shares

बुटवल । अत्याधिक गर्मी बढेपछि रुपन्देहीको सियारी गाउँपालिकामा दुई दिन विद्यालय विदा गरिएको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै बालबालिकाको स्वास्थ्यको ख्याल गरी विद्यालय विदा गरिएको जनाएको छ ।

गाउँपालिकाले वर्षे विदाबाट विदा कट्टी हुने गरी जेष्ठ १८ र १९ गते दुई दिनका लागि शिक्षण संस्था बन्द गर्न आह्वान गरेको हो । रुपन्देहीसहित तराईका जिल्लामा पछिल्लो २ दिनेदेखि अध्याधि गर्मी बढेको छ । अध्याधिक गर्मीका कारण यहाँको बजार, बपसलका साथै जनजीवनमा प्रत्येक्ष प्रभाव देखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।