तिनाउ । पाल्पाको तिनाउ-२ मा अवस्थित दोभान माध्यमिक विद्यालयमा अध्ययनरत् आधारभूत तहका २५ जना विद्यार्थीलाई दुई दिवसीय चित्रकला सम्बन्धि अनुशिक्षण कार्यक्रम बुधवारदेखि सुरु भएको छ । उक्त कार्यक्रममा प्रशिक्षकका रुपमा सुमित्रा राना, सुत्पराई रहेकी छन् । ललितकलामा स्नातकोत्तर गरेकी सुमित्राले सिर्जनात्मक चित्रकलामा लामो समयदेखि विभिन्न विद्यालय र तालिम सेन्टरहरुमा प्रशिक्षण दिदै आएकी छन् ।
उनले दोभान माविका विद्यार्थीलाई चित्रकलाको आवश्यकता, महत्व र विशेषता बताउँदै प्रयोगात्मक कक्षा सञ्चालन गरेकी छन् । विहिवारसम्म चल्ने उक्त अनुशिक्षण कार्यक्रममा विद्यार्थीले आफ्ना चित्रकला सम्बन्धि ज्ञान प्रस्तुत गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठले बताए ।
सो अनुशिक्षणको सञ्चालनका लागि विद्यालय र प्रशिक्षकबीच संयोजन गर्ने कार्य शिक्षा समिति,तिनाउका सदस्य दलबहादुर गुरुङले गरेका थिए ।
प्रतिक्रिया