ताजा अपडेट »

कार्तिकको 'चार विवाह' काे गीत खिच्न मात्रै सात करोड खर्च

बुधबार, १७ जेठ २०८०, १० : ५१
12 Shares
बुधबार, १७ जेठ २०८०
12 Shares

मुम्बई । अभिनेता कार्तिक आर्यन पुनः एक पटक अभिनेत्री कियारा आडवाणीसँग रोमान्टिक क्यामेष्ट्रीलाई पर्दामा देखाउनका लागि पूर्ण रुपमा तयार छन् ।

समीर विद्वासको निर्देशनमा बनेको फिल्म ‘सत्यप्रेमकी कथा’को टिजरदेखि लिएर गीतसम्मले सबैलाई प्रभावित बनाएको छ । निर्माताले फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।

गत साता मात्र कार्तिकले फिल्मको अन्तिम गीतको सुटिङ पुरा गरेका थिए । मुम्बईको मड आइल्याण्डमा खिचिएको यो गीत कार्तिकको परिचयात्मक गीत हो । जसमा चार विवाह गुजराती, दक्षिण भारतीय, मुस्लिम र इसाई देखाइएको छ । यो गीतलाई एक ड्रीम सिक्वेन्स बताइएको छ । यो गीतको दृश्य खिच्न निर्माताले सात करोड रुपैंयाँ खर्च गरेका छन् । किनकी फिल्मको कथामा कार्तिकको भूमिका सत्यप्रेम विवाह गर्ने हुन्छ । यसकारण विवाहको यो ड्रिम सिक्वेन्स गीत उपयुक्र्त किसिमले बनाइएको छ ।

गीतमा कार्तिकका अलावा कियारा पनि देखिनेछिन् । गीतमा चार विवाह खिच्न चार सेट लगाइएको थियो । इसाई धर्मको विवाहको सेट सेन्टोरिनी, ग्रीसबाट प्रेरित थियो ।

गुजराती विवाहका लागि मोहल्ला बनाइएको थियो । जबकी दक्षिणको प्रसिद्ध मन्दिरलाई दक्षिण भारतीय विवाहका लागि बनाइएको थियो । मुस्लिम विवाह एक बेङ्क्वेट हलमा आयोजना गरिएको थियो । यो फिल्म २९ जुन २०२३ मा रिलिज हुँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।