ताजा अपडेट »

संसदीय सुनुवाइ समितिद्वारा प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध उजुरी आह्वान

मंगलबार, १६ जेठ २०८०, १२ : १२
28 Shares
मंगलबार, १६ जेठ २०८०
28 Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समितिले १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो ।

सोमबार समिति सदस्यको नाम प्रतिनिधिसभाले स्वीकृत गरेको मंगलबार बैठक बसेर कार्कीको संसदीय सुुनुवाइ प्रक्रियाअघि बढाएको हो । 

संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस भएपछि संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको हो । जुअनुसार कार्कीविरुद्ध उजुरी आह्वान गरिएको हो ।मंगलबार बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य  पशुपतिशम्शेर जबराले प्रधानन्यायाधीशका लागि सिफारिस भएका कार्कीको नाम संसदीय सुनुवाइको लागि समितिसमक्ष वैशाख २७ गते पत्र प्राप्त भएको जानकारी दिए । सोहीक्रममा बैठकमा उनले कार्कीको व्यक्तिगत विवरणको प्रतिलिपि समिति सदस्यहरुलाई वितरण गर्न सचिवालयलाई निर्देशन पनि दिए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।