ताजा अपडेट »

बिन्दबासिनी कंसाकारले लिइन् सांसद पदको शपथ

सोमबार, १५ जेठ २०८०, १५ : १७
40 Shares
सोमबार, १५ जेठ २०८०
40 Shares

काठमाडौं । रास्वपाकी बिन्दबासिनी कंसाकारले प्रतिनिधिसभा  सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख देवराज घिमिरेसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । सभामुख घिमिरेले शपथ ग्रहणपछि उनलाई संघीय संसदको लोगो प्रदान गरेका थिए । 

व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न आफूलाई दुई करोड रुपैयाँ चाहिएको भन्दै मागेको फोन संवादको अडियो सार्वजनिक भएपछि ढाकाकुमार श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यबाट हटाएर रास्वपाले कंसाकारलाई सांसद बनाएको हो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।