ताजा अपडेट »

निर्देशनमा पाइला चाल्दै बोमन इरानी

सोमबार, १५ जेठ २०८०, १२ : ०५
28 Shares
सोमबार, १५ जेठ २०८०
28 Shares

मुम्बई । बलिउड अभिनेता बोमन इरानीको अभिनयबाट जोकोही प्रभावित छन् । अब यी अभिनेतालाई दर्शकले निर्देशकका रुपमा देख्न पाउने भएका छन् । तर यसका लागि दर्शकले ६ महिना पर्खनुपर्नेछ ।

४१ वर्षको उमेरदेखि अभिनयमा पाइला चालेका बोमनले अब पर्दा पछाडि रहेर आफ्नो कला देखाउन लागेका हुन् । ‘म अब फिल्म निर्देशन गर्दैछु । मेरो छोराले फिल्म निर्माण गर्नेछ । फिल्मको कथा लेखिरहेको छ । म आफै पनि अभिनय गर्छु । म यसका लागि ६ महिना खर्चिदैछु’, उनले भनेका छन् ।

बोमनका छोरा कायोजीले पनि फिल्म निर्देशन गर्दैछन् । यो कुराको जानकारी बोमनले सामाजिक सञ्जालमार्फत केही समयअघि दिएका थिए । बोमन चाँडै नै निर्देशक राजकुमार हिरानीको फिल्म ‘डंकी’मा देखिँदैछन् । फिल्ममा शाहरुख खान र तापसी पन्नु प्रमुख भुमिकामा छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।