ताजा अपडेट »

नक्कली शरणार्थी प्रकरण : थप एक आरोपी पक्राउ

शुक्रबार, १२ जेठ २०८०, २० : ४४
24 Shares
शुक्रबार, १२ जेठ २०८०
24 Shares

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मी महर्जन रहेकी छन् । उनीसहित १७ जनालाई पक्राउ गरिसकिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी परिसर, टेकुको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।

उनी घटनाका आरोपी केशव तुलाधरकी श्रीमती हुन् । उनको नामको खातामा पीडितहरुबाट उठाइएको रकम आएको देखिएपछि उनलाई प्रहरीले प्रतिवादी बनाएको थियो । प्रकरणमा प्रहरीले दुई दिनअघि ३० जना आरोपीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।