तिनाउ । विभिन्न कालखण्डमा दाेभान माविमा अध्यापनरत् पूर्वशिक्षकहरु र विद्यालय व्यवस्थापन समितिमा भूमिका निर्वाह गरेका पूर्वअध्यक्षहरुका बीच पहिलाे भेला दाेभानमा सम्पन्न भएकाे छ । पूर्वशिक्षकहरुका तर्फबाट तिनाउ गाउँपालिका उपाध्यक्ष लालबहादुर थापा, प्रवक्ता यादवप्रसाद अर्याल, अमरसिह प्रधान, हुकुम जीसी, दलबहादुर गुरुङ, जयराज अर्याल, चिन्तामणि थारु, सुमित्रा बस्याल र दमयन्ती थापाले दाेभान माविकाे सर्वाङ्गीण विकासका लागि पूर्वशिक्षकहरुले आफ्नाे ज्ञान, सीप, कला र प्रतिभा प्रस्तुत गर्न तयार रहेकाे बताए ।
उनीहरुले निवृत्त जीवनलाई शैक्षिक एवम् सामाजिक क्षेत्रमा व्यतित गर्न आफूहरु इच्छुक रहेकाे समेत बताए । साेही अवसरमा दलबहादुर गुरुङ, अमर प्रधान र हुकुमबहादुर जीसीले संयाेजन गर्ने गरी निवृत्त शिक्षक संघ, दाेभान ( Association Of retirement Teachers, Dobhan, ART-Dobhan) गठन गरेकाे छ । संघले दाेभानबाट निवृत्त भएका सबै पूर्वशिक्षकहरुलाई हीरक महाेत्सवका बेला सहभागी गराई पुनर्मिलन कार्यक्रम गर्ने साेच गराएकाे छ । साथै पूर्वअध्यक्षहरुलाई समेटेर दुर्गा थापाले संयाेजनमा बुद्वबहादुर बस्नेत, चाेपलाल गिरि, लक्ष्मण थापा, चक्रब्यूह थापा रहने गरि पूर्वअध्यक्ष क्लव, दाेभान मावि गठन गरेकाे छ ।
कार्यक्रममा राजेश श्रेष्ठ, सूर्य पाैडेल चक्रव्यूह थापा, गाेपाल केसी, अमर थापा लगायतले विद्यालयकाे शैक्षिक गुणस्तर विकासका लागि गठित समितिहरुबाट सक्दाे सहयाेग हुने अपेक्षा आफूहरुले राखेकाे बताए ।
प्रतिक्रिया