बुटवल । रुपन्देहीमा भएको अन्तरमावि जिल्लास्तरीय एन प्याब्सन चित्रकला प्रतियोगिताको उपाधि देवदहको सगरमाथा मावि र नमुना एभर ग्रिन इङलिस स्कुलले जितेका छन् । रुपन्देहीका २९ विद्यालयका ५८ प्रतिस्पर्धीलाई पछि पार्दै सिनीयरतर्फ सगरमाथाका विद्यार्थी उदीप पाण्डे र जुनीयरतर्फ नमुनका सुभास चाइले उपाधी जितेका हुन् ।
राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएशन नेपाल एन प्याब्सन रुपन्देहीको आयोजनामा भएको छैटौं चित्रकला प्रातियोगितामा उपाधीसँगै उनीहरुले जनही ट्रफि, मेडलसहित नगद दुई हजार पाँचसय रुपैया प्राप्त गरे । यस्तै कक्षा ६ देखि १० सम्मको सिनीयरतर्फ नमुना इङलिस मावि भलुहीका प्रमोद पुवर द्वितीय, बुटवल ग्लोरी स्कुलकी रितु वंशी तृतीय र सैनामैना मेमोरियल स्कुलकी सुनिता खनालले प्रोत्साहन पुरस्कार हात परिन् । यस्तै कक्षा १ देखि ५ सम्मको जुनीयरतर्फ नमुना इङलिस स्कुल भलुहीकी रोजिना बराल द्वितीय, सिद्धार्थ ग्यालेक्सीका अनोक विक तृतीय र देवदह बोर्डिङ्गका विनिशा पुनले प्रोत्सान पुरस्कार हात पारेको एन प्याब्सनका सह–सचिव विनोद थापाले जानकारी दिए । उनीहरुले जनही ट्रफि मेडलसहित क्रमश दुई हजार, एक हजार पाँचसय र एकहजार रुपैयाँ पुरस्कार रकम प्राप्त गरेको थापाले बताए ।
एन प्याब्सनका अध्यक्ष पुरुषोत्तमा बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै विद्यार्थीको शैक्षिक, मनोवैज्ञानिक र सामाजिक विकासमा चित्रकलाले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले चित्रकला लगायतका प्रतियोगिताले विद्यार्थीमा सृजनात्मक विकास गराउने समेत बताइन् । एन प्याब्सनका सचिव बाबुराम बन्जाडेको संचालनमा भएको कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य बिष्णुप्रसाद पौडेल, सल्लाहकार देउप्रकास राई, राजु गुरुङ्ग, उपाध्यक्ष विलप्रसाद गुरुङ, प्रकाश भट्टराई लगायतले विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिए ।
जुनीयर र सिनीयरका विद्यार्थीका लागि बुटवलको मुनाल बोर्डिङ र एचिभर्स माविमा भएको दुई छुट्टाछुट्टै प्रतियोगितामा उज्वल कुमार कायस्थ र गणेश घिमिरेले निर्णायकको भूमिका निभाएका थिए ।
प्रतिक्रिया