ताजा अपडेट »

दिपक दर्लामी मगर र विष्णु मगरको स्वर रहेको अचार आँपैको गीत बजारमा

शुक्रबार, १२ जेठ २०८०, १५ : ३९
26 Shares
शुक्रबार, १२ जेठ २०८०
26 Shares

बुटवल। दिपक दर्लामी मगर र विष्णु मगरको स्वर रहेको अचार आँपैको गीत बजारमा सार्वजनीक भएको छ । उक्त गीतलाई शब्द कोर्न माहिर सर्जक विक्रमबाबु विश्वकर्मा ले लेखेका छन ।शिव कनौजे मगरको लय रहेको गीतमा विश्वास नेपालले सङ्गीत संयोजन गरेका छन् ।

अचार आँपैको गीतको अडियो सुमन राना र खुमन रानाको रेकर्डिङ तथा कुमार रानाको मिक्सिङ्ग मास्टरीङ्गमा मारुनी स्टुडियोमा तयार भएको हो ।
ईश्वर बाबुको निर्देशन अनि सम्पादन,करन चैसिरको छायाकंन र विकास ज्ञवालीको रङ्ग संयोजनमा तयार गीतको भिडियोमा विक्रमबाबु विश्वकर्मा र यशु भट्टराईसँगै सुवर्ण दुलाल,शिबाङ्गी क्षेत्री,अनिल सुनार,सङ्गीता सुनार लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

B3 Entertainment नामक युट्युब च्यानलबाट सार्वजनिक गीत अचार आँपैकोले दर्शक श्रोताको भरपुर माया पाउनेमा सम्पूर्ण टिम विश्वस्त रहेको छ ।

https://www.youtube.com/watch?v=6fhTAnepbMg
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।