ताजा अपडेट »

सरकारको नीति तथा कार्यक्रम माथि आज पनि छलफल

बुधबार, १० जेठ २०८०, १० : ३६
30 Shares
बुधबार, १० जेठ २०८०
30 Shares

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी रहने भएको छ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ । 

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गते देखी छलफल प्रारम्भ भएको थियो ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रम माथी नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शिर्ष नेताले सम्बोधन गरिसकेका छन् ।

मंगलबारसम्मका बैठकमा १ सय भन्दा बढी सांसदहरुले आफनो धारणा राखिसकेका छन् ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।