ताजा अपडेट »

ल्याङ्ग्वइज र प्रिमियो एजुकेशद्वारा बुटवलमा पिटिई कक्षा

सोमबार, ०८ जेठ २०८०, १७ : ०४
12 Shares
सोमबार, ०८ जेठ २०८०
12 Shares

बुटवल । भारतमा रहेको ल्यांगवेज एकेडेमी (एलए) को नेपालमा पहिलो शाखा बुटवलमा शुभारम्भ गरिएको छ । बुटवल कालिकानगर कालिका पथमा सोमबार एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको हो । नेपालको पहिलो शखाा र एलएको नवौं शाखाको प्याव्सन नेपालका सचिवालय सदस्य लेखनाथ पौडेल, एलएका डाईरेक्टर बरुण धवनले संयुक्त रुपमा शुभाम्भ गरेका हुन ।

कार्यक्रमा बोल्दै डाईरेक्टर धवनले नेपाली विद्यार्थीहरुको लागि पिटीई सबैभन्दा बलियो गन्तव्य बनाउने उद्देश्य रहेको बताए । प्याव्सन नेपालका केन्द्रीय सचिवालय सदस्य पोडेलले पिटीई प्रति विद्यार्थीहरुको आर्कष्ण बढ्दै गएको भन्दै बुटवलमा शुभारम्भ गरिएका दुई वटा कन्सल्टेन्सीले विद्यार्थीहरुको माग पुरा गर्ने अपेक्षा लिएको बताए । कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुषाल, प्यावसन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, एन प्याव्सन रुपन्देहीका तिलव केसी लगायतले शुभकामना दिएका थिए ।

बुटवल शाखा प्रमुख सागर केसीले अत्याधुनिक कम्युटर ल्याव सहितको सेवा सुरुवात गरिएको बताएका थिए । कार्यक्रममा प्रीमियो एजुकेशन काठमाण्ण्डौका निर्देशक विनोद हमाल, खड्क केसी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।