बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेका हुन् । यस्तै माओवादीबाट पनि एक जना मन्त्री थप्ने तयारी गेका छन् ।
लुम्बिनी सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री सन्तोष पाण्डेयले आज विस्तार गरेर साँझ ४ बजेसम्म शपथ ग्रहण गराउने तयारी भएको बताए । लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विना विभागीय मन्त्री छन् ।
आज नयाँ मन्त्रीहरू पनि नियुक्त गर्ने र विना विभागीय मन्त्रीहरूको पनि जिम्मेवारी तोक्ने तयारी रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । यसअघि मुख्यमन्त्री चौधरीले गत वैशाख १४ गते चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । यसैगरी विश्वासको मत १९ गते लिएका थिए । लुम्बिनी प्रदेशमा अहिले चौधरीले लाई ८ दलका ५३ जना सांसदको समर्थन रहेको छ ।
प्रतिक्रिया