ताजा अपडेट »

इन्टरनेटको बढाउन खोजिएको अनुचित मूल्य रोक्न माग

सोमबार, ०८ जेठ २०८०, ११ : ४५
12 Shares
सोमबार, ०८ जेठ २०८०
12 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागिएको भन्दै रोक्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

अनुचित रुपमा बढाउन खोजिएको इन्टरनेट को मूल्य रोक्न उनले माग गरेका हुन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।