ताजा अपडेट »

सेयर बजार झिनो अंकले बढ्याे

आइतबार, ०७ जेठ २०८०, १६ : ३५
22 Shares
आइतबार, ०७ जेठ २०८०
22 Shares

काठमाडौ। कारोबारको  पहिलो दिन सेयर बजारमा झिनो अंकको बढोत्तरी भएको छ । गत हप्ताको अन्तिम दिनयताबाट बढ्न थालेको नेप्से सूचक आइतबार ५ अंकले मात्रै बढेर १८८३ को विन्दुमा कायम हुन पुगेको छ । आइतबार सेयरबजारमा डेढ अर्बको कारोबार हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २७३ कम्पनीको ४८ लाख २६ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५९ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज बैंकिङ, होटल तथा पर्यटन, लगानी, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र ब्यापार उपसूचकमा हरियाली छाएको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, फाइनान्स र विकास बैंक उपसूचक भने घट्न पुगेको छ ।

सर्वाधिक निर्जीवन बीमा उपसूचक आज २.८० प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसूचक ०.६२ प्रतिशतले घटेको छ । कारोबारको  पहिलो दिन नेप्से ५ अंकले मात्रै बढेर १८८३ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से सूचक बढेसँगै आइतबार कारोबार रकम समेत बढेर एक अर्ब ५९ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ६ करोड १४ लाख, रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको ५ करोड २८ लाख, तारागाउँ रिजेन्सी होटलको ४ करोड, नागरिक लगानी कोषको ३ करोड ७० लाख र नेपाल टेलिकमको ३ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।