ताजा अपडेट »

नीति तथा कार्यक्रम : आगामी बजेटमा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश प्राथमिकतामा राखिने

शुक्रबार, ०५ जेठ २०८०, १६ : ३६
4 Shares
शुक्रबार, ०५ जेठ २०८०
4 Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा मानव सूचाकांकमा पछि परेका मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्ने भएको छ । 

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विकासका लागि आगामी बजेटमा प्राथमिकतामा राखिने जानकारी दिएका हुन् । 

वित्त क्षेत्रको लगानीलाई उत्पादनको क्षेत्रमा खर्च गरिने जानकारी दिएका उनले लघुवित्तको प्रभावकारितालाई ध्यानमा राखिने जानकारी दिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।