ताजा अपडेट »

संसद् भवन जाँदा तामझाम नगर्न राष्ट्रपतिको निर्देशन

शुक्रबार, ०५ जेठ २०८०, १२ : १६
28 Shares
शुक्रबार, ०५ जेठ २०८०
28 Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । संघीय संसदका दुवै सदनलाई संबोधन गर्न जाने क्रममा नागरिकलाई सास्ती हुनेगरी ‘तामझाम’को तयारी नगर्न राष्ट्रपति पौडेलले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । 

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरलेका अनुसार सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिइएकाे छ । उनले विगतमा अन्य समयमा जस्तै सामान्य रुपमा संसद् गएर फर्कने भएकाले सडक अवरोध हुने र नागरिकले सास्ति पाउनेगरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।