ताजा अपडेट »

तिनाउमा गुणस्तर सुधारका लागि शैक्षिक विमर्श

मंगलबार, ०२ जेठ २०८०, १९ : ४६
32 Shares
मंगलबार, ०२ जेठ २०८०
32 Shares

तिनाउ । पाल्पाको तिनाउ गाउँपालिकामा मँगलबारदेखि शैक्षिक विमर्श कार्यक्रम सुरु भएको छ । पालिकाको शैक्षिक गुणस्तर सुधारका लागि आयोजित विमर्श कार्यक्रमबाट आगामी शैक्षिक कार्योजना तयार पारिने भएको हो ।

कार्यक्रमको पहिलो दिन शिक्षा नीति र गाउँ शिक्षा याेजनाकाे निर्माण बारे शिक्षा समिती तिनाउका सदस्य दलबहादुर गुरुङले प्रस्तुतीकरण गरेका छन् । शिक्षा ऐन २०७६ निर्माण भएता पनि शिक्षा नीति र कार्यनीति नबनेकाे कारण समस्या भईरहेकाेले आगामी बजेट अधिवेशनमा छलफल गरि पारित गर्ने गरि मस्याैदा तयार पारिएकाे गुरुङले बताए ।
उक्त कार्यक्रममा गाउँ शिक्षा याेजनालाई टुंगाेमा पुर्याउने गरि आवश्यक रायसुझावसहित शिक्षा समितिका सदस्य राजेश श्रेष्ठले सहजीकरण गरेका थिए ।

शिक्षा ऐनलाई व्यवहारिक ऐनका रुपमा प्रयाेग गर्ने गरि थप परिमार्जनका निम्ती शंकर पुरीले प्रस्तुतिकरण गरेका थिए । सबैका प्रस्तुतिमाथि शिक्षाविद् प्रा.डा. विद्यानाथ काेईरालाले बूँदागत रुपमा पृष्ठपाेषण दिँदै तिनाउकाे शिक्षालाई व्यवहारिक, वैज्ञानिक र जीवनाेपयाेगी बनाउन स्थानीय साधन, स्राेत र जनशक्ति प्रयाेग गर्नुपर्ने बताए ।

कार्यक्रममा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ र उपाध्यक्ष लालबहादुर थापाले तिनाउकाे शैक्षिक विकासका लागि बजेट विनियाेजन गर्न कुनै कञ्जुस्याई नगर्ने र सुधारका लागि डटेर लाग्ने जानकारी दिए । उक्त विमर्श कार्यक्रममा तिनाउ गाउँपालिकाका निवर्तमान अध्यक्ष ओमबहादुर घर्तीमगर, पूर्व वडाध्यक्ष प्रेम पाण्डेय, मस्याम एकीकृत क्याम्पसका प्रमुख गाेपाल श्रेष्ठ, शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवर, कर्मचारी निरञ्जन लामिछाने लगायतले तिनाउकाे खस्कदाे शैक्षिक अवस्थालाई सुधार गर्न विगतलाई केलाउने, वर्तमानलाई बुझ्ने र भविष्यप्रति याेजनावद्ध रुपमा गतिशील हुनुपर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।