ताजा अपडेट »

राष्टिय युवा संघ नेपाल तिलोत्तमाद्वारा दीप प्रज्वलन

मंगलबार, ०२ जेठ २०८०, १५ : ३७
118 Shares
मंगलबार, ०२ जेठ २०८०
118 Shares

बुटवल । राष्टिय युवा संघ नेपाल तिलोत्तमा नगर कमिटिले सोमबार मणिग्राम चोकमा दीप प्रज्वलन गरेको छ । राष्टिय युवा संघ नेपालको ३४ औँ स्थापना दिवसको अवसरमा रूपन्देहीको तिलोत्तमा नगरपालिका ५ स्थित मणिग्राम चोकमा दीप प्रज्वलन कार्यक्रम गरिएको नगर कमिटीका सचिव सतिस सापकोटाले बताए ।

दीप प्रज्वलन कार्यक्रम संघका नगर अध्यक्ष सुुवास खत्री क्षेत्रीको अध्यक्षतामा भएको उपाध्यक्ष जीवन पाण्डेले बताए । कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी सचिव यज्ञ गैरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला कमिटी सचिव यज्ञ गैरेले सामाजिक आवश्यकताका आधारमा युवाहरू अघि बढ्नु पर्ने बताए । युवाहरू सधै सकारात्मक सोचका साथ अघि बढेमा समाज सहि दिशातर्फ जाने बताए ।

सचिव गैरेले युवा संघको भूमिका देशमै उच्च रहेको बताउँदै बदलिँदो राजनीतिक वृत्तमा अब युवा उदाउनुपर्ने बताए । गैरेले अब युवाहरू युवा संघ मार्फत बिकास र समृद्धिको बिगुल फुक्न सबै युवा एकजुट हुनुपर्नेमा जोड दिए । सो कार्यक्रममा नेकपा एमाले तिलोत्तमा नगर कमिटि उपाध्यक्ष नेत्र बन, राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य ईश्वर न्यौपाने, राष्टिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी सदस्य बिकास गुरुङ, सुरेस थापा लगायत नगर कमिटी पदाधिकारि सहित सदस्यहरुको उपस्थिति रहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।