ताजा अपडेट »

सत्ता साझेदार दलको संयुक्त बैठक सुरु

मंगलबार, ०२ जेठ २०८०, १५ : ३२
20 Shares
मंगलबार, ०२ जेठ २०८०
20 Shares

काठमाडौं । सत्ता साझेदार दलहरुको संयुक्त बैठक सिंहदरवारमा सुरु भएको छ ।सरकारको नीति तथा कार्यक्रमका बारेमा सत्ता साझेदार दलसँग राय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक सुरु भएको हो । 

सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । सो बैठकमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लगायत सत्ता साझेदार दलहरुको सहभागिता रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।