भैरहवा । नेकपा माओवादी केन्द्र मर्चवारी गाउँपालिका–३ को भेला सम्पन्न भएको छ । भेला गाउँपालिका अध्यक्ष मुन्ना यादवको अध्यक्षतामा तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किस्मत बिश्ववकर्माको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
भेलालाइ सम्बोधन गर्दै केन्द्रीय सदस्य किस्मत बिश्ववकर्माले माओवादी केन्द्रले २ महिने जनतासँग जनसम्बन्ध अभियान संचालन गरिरहेको बताए । माओवादी केन्द्रले स्थानीय तह वार्ड, टोलमा जनताको समस्य सुन्ने र जनताको बिचमा पार्टीलाई पुराउन अभियान चलिरहेको बताए । माओवादी केन्द्रले संगठन गठन र निर्माण गर्दै पार्टीलाई स्थानीय तह वार्ड टोलबाट नै पार्टीलाई मजबुत बनाउने अभियान चलि रहेको बताए ।
माओवादी केन्दको नेतृत्वमा रहेको सरकारले देशमा रहेको भष्टचारको अन्त्य गर्न भष्टचारीहरूलाई कार्वाहीको लागि सरकार लागि रहेको बताउँदै कुनै पनि पार्टीको नेता तथा जो कोहिलो भष्ट्रचार गरेका छन भने उनीहरू उन्मुक्ति नपाउने बताए । भष्टचार अन्य फाईलहरू पनि क्रमशः खुल्दै जाने बताए । उक्त भेलामा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा रूपन्देही क्षेत्र नम्बर ४ का इन्चार्ज गुलाम अलि, रूपन्देही क्षेत्र नम्बर ४ का अध्यक्ष लालमन यादव लगायतले मनतब्य राखेका थिए ।
भेलाले गणेश केवटको अध्यक्षतामा १५ सदस्य मर्चवारी गाउँपालिका ३ गठन गरेको छ । जसको उपाध्यक्ष मानती लोध सचिब सन्तोष कोहार कोषाध्यक्ष महृेश भर सदस्य सुरेन्द्र कोहार, उमेश लोध अकलेश लोध जवाहिर भर दशरथ केवट शुसिला लोध प्रमशिला लोध, सरसवती भर रामरतन कोहार, राधेश्याम केवट मथ्थुन लोध रहेका छन् ।
प्रतिक्रिया