ताजा अपडेट »

भष्ट्रचारी विरुद्धको अभियानमा सबैको साथ आवश्यकः केन्द्रीय सदस्य विश्वकर्मा

आइतबार, ३१ बैशाख २०८०, ११ : ४२
16 Shares
आइतबार, ३१ बैशाख २०८०
16 Shares

भैरहवा । नेकपा माओवादी केन्द्र सिद्दार्थ नगर पालिका–६ को जनतासँग जनसम्बन्ध भेला सम्पन्न भएको छ । माओवादी केन्द्रको सिद्धार्थ नगरपालिका–६ का अध्यक्ष महेन्द्र यादवको अध्यक्षतामा भएको भेलालाई केन्द्रीय सदस्य किस्मत विश्वकर्माले जनताका समस्या सुन्ने र सो समस्या समधान गर्न पार्टीले पहल गर्न अभियान सन्चालन गरिएको बताए ।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा काम गरि रहेको बताउँदै नेपाललाई समृद्धि र बिकासमा लैजाने गरि सरकारले काम गरिरहेको बताए । सरकार सबै क्षेत्रमा सफलताको दिशामा अगाडि बढि रहेको बताए । वर्तमान देशको बिकास र समृद्धिको बाधक मुलत भष्टचार रहेको हुँदा भष्टचार र भष्ट्रचारीहरूको समस्टीगत रूपमा अन्त्यको लागि सरकारले काम गरि रहेको हुँदा सबै नेपाली जनताले साथ दिनु पर्न बताए ।

भेलामा नेकपा माओवादी केन्द्र सिनपाका अध्यक्ष नारायण बहादुर हमाल पार्टीका महिला नेतृ कमला थापा मनिष कुमार चौधरी लगायले बोलका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।