ताजा अपडेट »

भुटानी शरणार्थी प्रकरण: पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

आइतबार, ३१ बैशाख २०८०, ११ : ३२
36 Shares
आइतबार, ३१ बैशाख २०८०
36 Shares

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

शेर्पा २०७० सालमा रामेछापबाट संसदमा निर्वाचित व्यक्ति हुन् । शरणार्थी प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए । हाई प्रोफाइल व्यक्ति पक्राउ परेपछि शेर्पा अहिले मोबाइल अफ गरेपछि फरार भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।